भारतमा मजदुरी गर्दै आएका तीन जना नेपालीको कोठामा निसासियर मृत्यु

bimbonline टेक साउद
२०७९ पुष १८ १९:२९ बजे
मृत्यु

कैलाली । कोठामा निसासियर कैलालीका तीन जना नेपालीको भारतमा मृत्यु भएको छ । मजदुरी गर्न भारत गएका नेपालीको कोठामा सुतिरहेको अवस्थामा मृत्यु भएको हो ।

भारतको उत्तरप्रदेशको मेरठमा डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ५ लाना घर भई हाल कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर १ गोप्काका तीन जनाको मृत्यु भएको हो । 

कामका लागि भारतको मेरठमा श्रम गर्दै आएका भुलको परिवार कोठामा कोइला (रेलमा प्रयोग हुने) बालेर सुतिरहेको अवस्थामा चन्ने भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षकी छोरीको मृत्यु भएको आफन्त गोपी भुलले बताएका छन्।    

बन्द कोठामा कोइला बालेर उनीहरू सुतिरहेका थिए । मृतकको घरमा दुई छोरी र एक छोरा रहेका छन् । 

२०७९ पुष १८ १९:२९ बजे

प्रतिक्रिया