नेपालको चुच्चे नक्सा नक्सामा मात्रै सिमित भएको प्रदेश सभा सदस्य सोडारी आपत्ती

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १८ १५:२४ बजे
दीर्घबहादुर सोडारी

धनगढी । नवनिर्वाचित प्रदेश सभा सदस्य तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता दीर्घबहादुर सोडारीले नेपालको नक्सामा बनाएको चुच्चे नक्सा कार्यान्वयन हुन नसकेको बताएका छन् ।

प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकमा निर्वाचित प्रदेश सभा सदस्यलाई बधाई दिन भाग लिएका सोडारीले दार्चुला जिल्लाको चुच्चे नक्सा चुच्चे मै सिमित भएको बताएका हुन् । 

उनले भने, 'पहिले चुच्चे नक्सा नेपाल सरकारले सार्वजनिक गर्यो तर चलन चल्तीमा आएन । हामीले प्रदेश सभाको बैठकबाट नै बधाई दिएका थियौं र यो बधाई कार्यन्वयनमा आएन ।

२०७९ पुष १८ १५:२४ बजे

प्रतिक्रिया