गृहमन्त्री लामिछानेद्धारा सेवाप्रवाह सुधार कार्ययोजनाको माग

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १८ १५:१५ बजे
गृहमन्त्री लामिछाने

काठमाडौं । उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा प्रमुखहरुसँग सेवाप्रवाह सुधार कार्ययोजना मागेका छन् । 

जिल्ला सुरक्षा समितिसँग गृहमन्त्रीले १५ दिनभित्र सेवा प्रवाह सुधार कार्ययोजना पठाउन आग्रह गरेका गृह मन्त्रालयका सह–सचिव डा.भिष्मकुमार भुषालले 

 बताएका छन् । आन्तरिक व्यवस्थापन बाट गर्न सकिने तथा मन्त्रालयको निर्णयबाट सहजिकरण गरेर सुधार गर्न सकिने सुधार एवं प्रकृयाबारे मन्त्रालयमा लेखेर पठाउन उनले प्रमुख जिल्ल अधिकारीहरुलाई आग्रह गरेका  हुन्। सोमबार लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई भर्चुअल माध्यमबाट निर्देशन दिएका थिए । 

सीडीओ कार्यालय र जिल्ला प्रहरी कार्यालसँग सम्बन्धीत समस्याहरुका बारेमा सोमबार साँझसम्म लेखेर पठाउन मन्त्री लामिछानेले निर्देशन दिएका छन् ।

२०७९ पुष १८ १५:१५ बजे

प्रतिक्रिया