श्रावण २६ गते सुदूरपश्चिमको अत्तरियामा विभिन्न ६ वाम दलहरुको विरोध सभा

श्रावण २६ गते सुदूरपश्चिमको अत्तरियामा विभिन्न ६ वाम दलहरुको विरोध सभा

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २२ १६:०६ बजे
विरोध सभा

.काठमाडौं ।  विभिन्न ६ वाम दलहरुले नागरीकता विद्येयक राष्ट्रको  अहितमा  भएको  भन्दै विरोध  सभा गर्ने भएका छन् । यि विचिन्न वाम दलहरले नागरीकता व्द्यिेयक  , एमसिसि सम्झौता ,एसपिपि, महङ्गी भ्रष्टाचार लगायत का विषयको निरन्तर  विरोध सभा, अन्तक्रिया , राष्ट्रपतीलाई  ज्ञापनपत्र  दिदै आएका छन् ।

यि ६ वामहरले केन्द्रिय स्तरका कार्यक्रमका अतिरिक्त प्रदेश स्तरिय कार्यक्रम पनि घोषणा गरेको छ। जस अनुसार २०७९ श्रावण २६ गते १ न. प्रदेशको इटहरी  मा , मदेश प्रदेशको जनकपुर र सिमरा मा, वागमति प्रदेशको चितवन,हेटौडा र  काठमाडौंमा गण्डकी प्रदेशको पोखरामा, लुम्विनि प्रदेशको वुटवल र नेपालगन्जमा, कर्णाली प्रदेशको सुर्खेतमा , सुदुरपश्चिम प्रदेशको  धनगढी-अत्तरिया सहित ११ स्थानमा विरोध सभाको कार्यक्रम हुने छन। सुदुरपश्चिम प्रदेशको कार्यक्रम को व्यापक तयारीका लागी  २०७९ श्रावण २१ गते ३ वाम दलका  प्रदेश कमिटिका प्रतिनिधिहरुको सयुक्त वैठक बसेको  हो ।

वैठकमा नेकपा  मसाल महाधिवेशन आयोजक कमिटिका प्रतिनिधि, नेकपा(क्रान्तिकारी माओवादी) का प्रतिनिधि, नेकपा (वहुमत) का प्रतिनिधि समेत उपस्थितिमा  र सबै सबै जनसमुदायहरुको  सहयोग र सहभागिताका लागी विज्ञप्ति मार्फत अनुरोध  समेत गरेका छन।


२०७९ साउन २२ १६:०६ बजे

प्रतिक्रिया