माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलको नेतामा खगराज भट्ट चयन

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १७ १२:५० बजे
खगराज भट्ट

धनगढी। नेकपा माओवादी केन्द्रको  सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलको नेतामा प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य खगराज भट्टले चयन भएका छन् ।

भट्ट सर्वसम्मत चयन भएका हुन् । धनगढीस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले उनलाई सर्वसम्मत रुपमा चयन गरेको हो । 

यस अघि प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य भट्ट र वैकल्पिक केन्द्रीय सदस्य ओमविक्रम भाट दुवैले जनाले दलको नेतामा दाबी गरेका थिए ।

२०७९ पुष १७ १२:५० बजे

प्रतिक्रिया