कैलालीमा हाईस दुर्घटना,एकको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १६ १३:२५ बजे
मृत्यु

धनगढी । कैलालीमा हाईस दुर्घटना भएको छ । जिल्लाको गौरिगंगा नगरपालिकामा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने, १८ जना घाइते भएका छन्।

गौरीगंगा नगरपालिका वडा नम्बर ६ वनवेहडामा हाइस दुर्घटना भएको हो जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिनुभयो । प्रहरीका अनुसार कञ्चनपुरको महेन्द्रनगर बाट लम्कीतर्फ जाँदै  गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ४०६ नम्बरको हाइस दुर्घटनामा परेको हो । दुर्घटनामा लम्की–चुहा नगरपालीका वडा नम्बर १ की ७३ बर्षिया कर्मा प्याकुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनाका घाइतेहरुलाई सेती प्रादेशिक अस्पताल र मायामेट्रो अस्पतालमा उपचारका लागि पठाइएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

२०७९ पुष १६ १३:२५ बजे

प्रतिक्रिया