कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १६ १२:३३ बजे
पक्राउ

धनगढी । कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। भजनी नगरपालिका वडा नम्बर ३ कुसुमघाट स्थित भित्री सडकखण्डबाट राजकुमार चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्।

बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ जगतपुरका ३० वर्षिय चौधरीको साथबाट प्रहरीले पाँच सय मिलिग्राम खैरो हेरोईन जस्तो देखिने लागुऔषध फेला पारेका हो।

उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

२०७९ पुष १६ १२:३३ बजे

प्रतिक्रिया