महोत्तरीमा करार शिक्षकहरूको म्याद नथपिएपछि पठनपाठनमा अन्योलमा

महोत्तरीमा करार शिक्षकहरूको म्याद नथपिएपछि पठनपाठनमा अन्योलमा

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २२ १५:४८ बजे
करार शिक्षक

काठमाडौं ।महोत्तरीमा सामुदायीक विद्यालयका  करार शिक्षकको म्याद नथपिएपछि  पठनपाठनमा अन्योल भएको छ । महोत्तरीको बर्दिबास नगरक्षेत्रका सामुदायिक विद्यालय गर्मी बिदापछि आइतवार खुले पनि पठनपाठन  अन्योल भएको हो ।  

करारका शिक्षकहरूलाई हाजिर नगराउन नगरपालिकाले सबै विद्यालयलाई परिपत्र गरेपछि ५५ वटा सामुदायिक विद्यालयको पठनपाठनमा असर परेको  हो ।  नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले गत शुक्रवार मातहतका सबै विद्यालयलाई नगर शिक्षकलाई हाजिर नगराउन विद्यालय प्रशासनलाई परिपत्र गरेको थियो । नगरभित्र २२ माध्यमिक र ३९ आधारभूत सामुदायिक विद्यालय छन् । आधारभूत विद्यालयमध्ये आठवटामा बाल कक्षादेखि आठसम्मको पठनपाठन हुँदै आएका छन् ।

शिक्षकसम्बद्ध संघका  अनुसार संगठनले जनाएका छन् विद्यार्थी संख्याको अनुपातमा शिक्षक अभावले पठनपाठनमा असर परेपछि नगरपालिकाले गतवर्ष भदौ १ गतेदेखि ६५ नगर शिक्षक करारमा नियुक्त गरेको थियो । अहिले तिनै शिक्षकलाई हाजिर नगराउनु भन्ने परिपत्रले पठनपाठनमा समस्या भएको  हो । गतवर्ष करारमा नियुक्त भएका शिक्षकमा १८ माध्यमिक, २५ उच्च प्रावि (निमावि), १५ प्रावि तह र सात कम्प्युटर शिक्षक थिए । नगर कार्यपालिकाले विभिन्न कानुनी प्रक्रिया पूरा गर्दै खुला प्रतिस्पर्धामा उत्कृष्ट भएमध्येबाट विषय मिलान गरी ६५ शिक्षक करारमा नियुक्त गरेको थियो ।

शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख गणेश दाहालले नगर कार्यपालिकाले नगर शिक्षकको म्याद थप नगरेकाले परिपत्र गरिएको बताएका छन् । 

२०७९ साउन २२ १५:४८ बजे

प्रतिक्रिया