महान फुटबलर पेलेको निधन

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १५ ०६:२२ बजे
पेले

काठमाडौं । ब्राजिलका महान फुटबलर पेलेको निधन भएको छ । ८२ वर्षका  पेले केही समय यता मिर्गौला र प्रोस्टेटको उपचार गराइरहेका थिए ।

उनको केही घन्टा अगाडि ब्राजिलको एक अस्पतालमा निधन भएको हो । साओ पाओलोको आइन्स्टिाइन अस्पतालमा उनको उपचार चलिरहेको थियो ।

२१ वर्ष लामो फुबटल करिअरमा १३६३ खेल खेलेका पेले १२८१ गेल गरेर विश्व रेकर्ड आफ्नो नाममा दर्ज गरेका थिए । 

उनी अहिलेसम्म एक मात्र खेलाडी हुन् जसले तीन पटक विश्वकपको ट्रफी उचालेका छन् । सन् १९५८, १९६२ र १९७० मा विश्वकप जित्दा उनी ब्राजिलको टिममा खोलडी थिए ।  सन् २००० मा उनलाई फिफा प्लेयर अफ द सेन्चुरीको सम्मान दिइएको थियो ।

२०७९ पुष १५ ०६:२२ बजे

प्रतिक्रिया