नेप्सेमा सामान्य अंकको सुधार

नेप्सेमा सामान्य अंकको सुधार

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २२ १५:३८ बजे
सेयर बजार

काठमाडौं । गत हप्ता २७ अंकले  ओरालो लागेको  नेप्से  यो हप्ताको पहिलो दिन  आज  भने सामान्य  अंकले उकालो लागेको छ । गएको ४ दिन  नेप्से  ओरालो लागेको थियो  भने २ दिन उकालो लागेको थियो । आज साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १०।२७ अंक उकालो  लागेको छ ।   नेप्से  आज उकालो लागेसँगै  २१२३  विन्दुमा पुगेको छ ।

नेप्से  बढे  पनि कारोबार रकममा  भने गिरावट  आएको छ । सातको पहिलो दिन  आज  २ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार  भएको छ ।  

बैंकिङ ०.२, विकास बैंक ५२, फाइनान्स ३३, होटल तथा पर्यटन ६०, जलविद्युत् २६, उत्पादन २, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा ०.७५ र ब्यापार उपसमूह ३८ अंक बढे । जीवन बीमा भने ४ अंक घट्यो । कुल ११८ कम्पनीको मूल्य बढ्दा ५९ को घट्यो भने ३ को स्थिर रह्यो । मनकामना स्मार्ट लघुवित्तको मूल्य १०, तेह्रथुम पावरको ९.६ तथा उपकार लघुवित्तको मूल्य ९.१ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नबिल बैंक, फरवार्ड माइक्रोफाइनान्स, एसियन लाइफ इन्स्युरेन्स र हिमालयन डिस्टिलरी क्रमश अगाडि रहेको छ  ।  

२०७९ साउन २२ १५:३८ बजे

प्रतिक्रिया