नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न भारत तयार

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १४ १९:३५ बजे
भारत

काठमाडौं ।  भारतको विदेश मन्त्रालयले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बिहीबार आयोजित कार्यक्रममा नेपालका नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बधाई दिइसकेको र  दाहालले पनि मोदीलाई जवाफ दिइसकेको उल्लेख गर्दै उक्त जवाफमा दाहालले दुवै देशबीच गहिरो सम्बन्ध बनाउन अहिलेको सरकारसँग मिलेर काम गर्ने तयार रहेको बताएको छ । 

वाग्चीले दाहाल नेतृत्वको सरकारसँग द्विपक्षीय सम्बन्ध बलियो बनाउने पक्षमा आफूहरू पनि रहेको बताएका छन्  । ‘घनिष्ठ छिमेकी नेपालसँग द्विपक्षीय र अद्वितीय सम्बन्ध बढाउने कुरामा हामी कुनै कसर राख्दैनौं,’ उनले भने, ‘द्विपक्षीय सम्बन्ध बढाउन हामी प्रचण्डजीको सरकारसँग मिलेर काम गर्न तयार छौं ।’

दाहाल प्रधानमन्त्री भएलगत्तै शनिबार काठमाडौंस्थित भारतका राजदूत नवीन श्रीवास्तवले पहिलो विदेशी कूटनीतिज्ञको रुपमा बधाई दिइसकेका थिए ।

२०७९ पुष १४ १९:३५ बजे

प्रतिक्रिया