मधेस प्रदेश : काङ्ग्रेस संसदीय दलको नेतामा रामसरोज र कृष्णको उम्मेदवारी

bimbonline प्रयास
२०७९ पुष १४ १२:५४ बजे
मधेस प्रदेश

जनकपुरधाम । नेपाली कांग्रेसको मधेश प्रदेश संसदीय दलको नेताका लागि आज निर्वाचन हुँदैछ । जनकपुरधामस्थित पार्टी कार्यालयमा हुन लागेको निर्वाचनमा सदंसदीय दलको नेताको लागि दुईजना सांसदले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसका मधेश प्रदेश सभापति समेत रहेका कृष्णप्रसाद यादव र निवर्तमान संसदीय दलको नेतासमेत रहेका रामसरोज यादवले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक चन्द्रशेखर यादवले जानकारी दिए ।

बिहान ९ बजेदेखि १० बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तालिका थियो । कसैले उम्मेदवारी फिर्ता नलिएमा दिउँसो ३ देखि ४ बजेसम्म मतदान हुने कांग्रेसका मधेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताले बताए ।उम्मेदवारी दिएका कृष्णप्रसाद र रामसरोज दुवै संस्थापन पक्षकै हुन् । मधेश प्रदेश सभामा कांग्रेस दोस्रो ठूलो दल हो । उसका २२ जना प्रदेश सांसद छन् । 

यता केन्द्रमा भएको तालमेलले गर्दा काङग्रेसले मधेस प्रदेश मा  मुख्यमन्त्री पाउने चान्स गुमाएको छ। मधेस प्रदेश मा जनमत र जसपाले सरकार निर्माण गरेर आगाडि बढ्ने देखिएको छ । 

२०७९ पुष १४ १२:५४ बजे

प्रतिक्रिया