गण्डकीका प्रदेश सभा सदस्यहरुको शपथ ग्रहण आज

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १४ १०:१४ बजे
गण्डकीका प्रदेश सभा

पोखरा । गण्डकीका प्रदेश सभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ आज हुने भएको छ । शपथ ग्रहण कार्यक्रम आज दिउँसो १ बजे हुन लागेको हो । प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ ग्रहण गराउने भएका छन्।

नेकपा एमालेका ६५ वर्षीय बस्याल पर्वतको प्रदेश सभा २ बाट निर्वाचित भएका थिए । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबारै शपथ ग्रहण गराएका थिए ।६० सदस्यीय प्रदेश सभामा कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गते प्रदेश अधिवेशन आह्वान गरेका छन् ।

२०७९ पुष १४ १०:१४ बजे

प्रतिक्रिया