स्वतन्त्र सांसद कुशवाहाले गरे माओवादीमा प्रवेश

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १४ ०९:४६ बजे
माओवादीमा प्रवेश

जनकपुरधाम । मधेश प्रदेश सभामा सर्लाही क्षेत्र नं ३ को २ बाट स्वतन्त्र निर्वाचित जवाहरलाल कुशवाहाले  नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निजी निवास खुमलटारमा कुशवाहालाई  माओवादीमा प्रवेश गराएका हुन् । 

उनलाई प्रचण्डले पार्टीमा स्वागत गरेको मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री समेत रहेका नवनिर्वाचित सांसद भरत प्रसाद साहले  बताएका छन् । अब मधेश प्रदेशसभामा माओवादी केन्द्रका सांसदको संख्या ९ पुगेको छ । 

२०७९ पुष १४ ०९:४६ बजे

प्रतिक्रिया