गठबन्धन टुट्नुमा देउवा र प्रचण्डको हात

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १३ २०:१७ बजे
डा. शेखर कोइराला

काठमाडौं ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको मर्म  नबुझेको आरोप लगाएका छन् । 

बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले भने, “गठबन्धनको निरन्तरता हुन नसक्नुमा कांग्रेसको कमजोरी छ । तर प्रचण्डले गठबन्धनको मर्मलाई नबुझ्दा अहिलेको परिस्थिति बन्यो ।”

कोइरालाले निर्वाचनपूर्व गठबन्धनकै नेतृत्वमा सरकार भनिएको तर माओवादी र कांग्रेस संयुक्त रूपमा अघि बढ्न नसकेको बताए । 

पार्टी सभापति शेरबहादुर देउवा र वार्तामा रहेका सदस्य चुकेको आरोप लगाउँदै कोइरालाले भने, “हामीले राष्ट्रपति पद लिएर अरू पद दिँदा पनि हुने थियो । फेरि, निर्वाचनपछि ठूलो पार्टी भएको हैसियतमा कांग्रेसले प्रमुख पदमा दाबी गर्नु स्वाभाविक पनि थियो ।”

पार्टी नेतृत्वले माओवादी केन्द्र र एमालेको चाललाई बुझ्न नसकेकाले गठबन्धन टुटेको उनको भनाइ छ । उनले यो विषयमा कांग्रेस केन्द्रीय समितिको बैठकमा निर्मम समीक्षा गर्ने बताए ।सभापति देउवाले सरकार गठनका सन्दर्भमा महामन्त्रीद्वयलाई बोलाएर छलफल गर्नुपर्नेमा त्यो नगरेको उले बताए ।

२०७९ पुष १३ २०:१७ बजे

प्रतिक्रिया