करेन्ट लागेर विभिन्न ठाउँमा तीन जनाको मृत्यु

करेन्ट लागेर विभिन्न ठाउँमा तीन जनाको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २२ १४:३८ बजे
मृत्यु

काठमाडौं ।   देशका विभिन्न  ठाउँमा करेन्ट लागेर तिन जनाको मृत्यु भएको छ ।  । मोरङ, मकवानपुर र सिरहामा करेन्ट लागेर तीन जनाको ज्यान  गएको हो । मोरङको विराटनगर महानगरपालिका–८ बालगोपाल टोल बस्ने ३० वर्षीय राजु मुख्याको करेन्ट लागेर शनिबार बेलुकी   मृत्यु भएको हो ।

आफ्नै घरमा विजुलीको प्लगमा तार जोड्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा  मृत्यु भएको  हो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ मिलनपथ बस्ने १३ वर्षीय सुमन तामाङको करेन्ट लागेर शनिबार मृत्यु भएको हो ।

साथीहरुसँग मिलेर सोही ठाउँस्थित कर्रा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको हेटौंडा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । सिरहाको सिराहा नगरपालिका–१६ माडर बस्ने २७ वर्षीय निरज मुखियाको करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको छ ।

छिमेकीको घरमा चार्जमा राखेको बरफ रआईसक्रिम बेच्न प्रयोग हुने ठेला छुँदा करेन्ट लागेर अशक्त भएका उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो ।

२०७९ साउन २२ १४:३८ बजे

प्रतिक्रिया