प्रधानमन्त्री र अध्यक्ष ओलीबीचको छलफलमा के भयो कुराकानी ?

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १३ १४:३६ बजे
प्रधानमन्त्री र अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ । प्रचण्डलाई भेट्न पुगेका ओली उनको निवास खुमलटारबाट फर्केका छन् । सञ्चारमाध्यमसँग संक्षिप्त कुराकानी गरेका ओलीले सरकारकै विषयमा छलफल भएको बताए ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले भने सरकारको काम प्रभावकारी बनाउने विषमया छलफल भएको बताए । सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने विषयमा पनि नेताहरुबीच कुराकानी भएको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि छलफल गर्ने तय भएको छ । आज भएको भेटमा सरकारको नीति कार्यक्रम कस्तो बनाउने, सरकारको कामकारबाहीलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको हो उनले बताएका छन् । 

सरकारलाई पूर्णता दिने विषयमा बुधबार नै नयाँ वानेश्वरमा सत्ता साझेदार दलहरुको बैठक छ । 

२०७९ पुष १३ १४:३६ बजे

प्रतिक्रिया