नेपाल टी–ट्वान्टी लिग : सुपर ओभरमा पुगेको खेलमा लुम्बिनीको जित

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १३ १४:२६ बजे
नेपाल टी–ट्वान्टी लिग

काठमाडौं । नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले फार वेस्ट युनाइटेडलाई सुप पराजित गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फार वेस्टलाई सुपर ओभरमा हरायो ।   फार वेस्टले दिएको १३८ रनको सहित लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाउँदा खेल सुपर आभेरमा गएको हो।

जित सँगै लुम्बिनी ४ खेलमा जितका साथ अंक सहित पहिलो स्थानमा कायमै रहेको छ । पराजित भएको फर वेस्ट २ अंकका साथ चौथो स्थानमा छ । डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने छ । लिगमा काठमाडौं नाईट्स, फार वेस्ट युनाइटेड, लुम्बिनी अल स्टार, पोखरा एभेन्जर्स, विराटनगर सुपर किङ्स र जनकपुर रोयल्स सहभागी रहेका छन्। 

२०७९ पुष १३ १४:२६ बजे

प्रतिक्रिया