जसपा संसदीय दलको नेतामा रामसहायप्रसाद

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १३ १३:१८ बजे
जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा रामसहायप्रसाद यादव सर्वसम्मत चयन भएका छन् ।

बुधबार सर्वसम्मतले उनलाई संसदीय दलको नेता चयन गरिएको  पार्टीका प्रवक्ता मनीष सुमनले  बताएका छन् । 

रामसहायप्रसाद पार्टी अध्यक्ष उपेन्द्र यादवनिकट मानिन्छन् । प्रतिनिधिसभामा जसपाबाट १२ सांसद छन् ।

२०७९ पुष १३ १३:१८ बजे

प्रतिक्रिया