प्रतिनिधिसभामा चोलेन्द्रशम्शेर विरुद्धको महाभियोगमाथि छलफल जारी

प्रतिनिधिसभामा चोलेन्द्रशम्शेर विरुद्धको महाभियोगमाथि छलफल जारी

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २२ १४:२७ बजे
चोलेन्द्रशम्शेर

काठमाडौं । प्रतिनिधिसभाको  आजको बैठकमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा विरुद्धको महाभियोग प्रस्तावमाथि छलफल सुरु भएको छ ।   एमाले सांसद खगराज अधिकारीले अब संसदको आयु ३ महिनापनि बाँकी नरहेको अवस्थामा थालिएको छलफलको औचित्यमाथि प्रश्न उठाएका छन् । उनले प्रतिनिधिसभा नियमावलीमा बढीमा ३ महिनाभित्र महाभियोग किनारा लगाउनुपर्ने व्यवस्था भएपनि संसदका लागि सो समय नभएको  बताएका छन् ।

उनले अब संसदको समय नै ३ महिना नभएको अवस्थामा हामी के गर्दैछौँ, संविधानको उपहास गर्दैछौँ कि या हामी प्रतिनिधिसभा नियमावलीको उपहास गर्दैछौँ कि रु या कुनै अभियुक्तलाई अभियुक्त हो भन्न नसकेर विना प्रमाणको आधारमा अभियोजन गरेका छौँ कि रु न्याय दिँदा न्याय संवत् तरिकाले न्याय दिनुपर्छ, ढिलो गरिनु हुँदैन । ढिलो न्याय दिनु भनेको न्याय नदिनु जस्तै हो ।’  भन्दैप्रशश्न  समेत गरेका छन् ।  महाभियोग प्रस्ताव दर्ता भएको लामो समयपछि छलफल सुरु गरेको भन्दै अहिले समय बाँकी नरहेको  उनले बताएका छन् ।   उनले संसदमा रीत पुर्याउने काम मात्र भएको  आरोप समेत लगाएका छन् । 

२०७९ साउन २२ १४:२७ बजे

प्रतिक्रिया