श्रीलंका आर्थिक संकट : टेम्पल ट्रीमा प्रदर्शनकारी समूहबीच झडप हुँदा १० जना घाइते

श्रीलंका आर्थिक संकट : टेम्पल ट्रीमा प्रदर्शनकारी समूहबीच झडप हुँदा १० जना घाइते

bimbonline बिम्ब अनलाइन
२०७९ असार २८ २१:२१ बजे
श्रीलंका आर्थिक संकट


काठमाडौं । श्रीलंका सन् १९४८ मा स्वतन्त्र भएपछि सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको छ।कोलम्बोको टेम्पल ट्रीमा मंगलबार झडप हुँदा कम्तीमा १० जना घाइते भएका छन्। घाइते  भएका नौ पुरुष र एक महिलालाई उपचारको लागि भर्ना गरिएको  छ।

झडपमा परी  घाइते  भएका मध्ये  छ जनालाई कोलम्बो नेसनल अस्पताल मा भर्ना गरिएको डेली मिररले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ। दुई जना घाइते भने उपचारपछि डिस्चार्ज भइसकेका छन्। देशको बिग्रँदै गएको आर्थिक अवस्थाले तनाव बढाएको छ र पछिल्ला केही हप्ताहरूमा इन्धन पसलहरूमा  सर्वसाधारण र प्रहरीबीच थुप्रै भिडन्त भएका  समाचार सार्वजनिक भएका छन्।

शनिबार हजारौं मानिस विरोध प्रदर्शन गर्दै फोर्टस्थित राष्ट्रपति भवनमा प्रवेश गरेका  हुन् ।  यसअघि शनिबार सभामुख महिन्दा यापा आबेवर्देनाले पत्रकार सम्मेलनमा राष्ट्रपतिले जुलाई १३ मा आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका थिए।

प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि विरोध प्रदर्शनका बीच आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले आफुहरु नआएसम्म घर कब्जा गरिरहने स्पष्ट पारेका छन्।

श्रीलंकमा तेल आपूर्ति अभावले विद्यालय र सरकारी कार्यालयहरू अर्को सूचना नभएसम्म बन्द छन्। घरेलु कृषि उत्पादनमा कमी, विदेशी मुद्रा सञ्चितिको कमी र स्थानीय मुद्राको अवमूल्यनले अभाव बढाएको छ। विनिमय सञ्चिति र स्थानीय मुद्राको अवमूल्यनले यो अभाव बढाएको हो।

 

२०७९ असार २८ २१:२१ बजे

प्रतिक्रिया