काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । महामन्त्री भुवन पाठकका अनुसार बैठकमा पार्टीको सरकारमा सहभागिता रहने या नरहने भन्नेबारे छलफल भइरहेको छ ।
राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । तर, सरकारमा सहभागिताको विषयमा भने पार्टी हालसम्म अनिर्णीत छ। यद्यपि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेकै अवस्थामा पार्टी सरकारमा नजाने बताएका छन् ।
यता पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने पार्टी कुनै पनि हालतमा सरकारमा पार्टी जान नहुने बतएका छन् । सरकारलाई समर्थनको निरन्तरताका लागि पनि राप्रपाले कम्तीमा ३ वटा सर्त राख्नु उपयुक्त हुने उनको भनाई रहेको छ । जसमा पुस २७ गतेलाई ‘राष्ट्रिय एकता दिवस’ अथवा ‘नेपाल दिवस घोषणा गर्ने, संविधानको अन्तिम मस्यौदा तयार पार्दा संविधानसभाले जनतासँग धर्म निरपेक्षताबारे औपचारिक रूपमा सङ्कलन गरेको ‘जनमत’को यथार्थ विवरण सार्वजनिक गर्ने र जनताको चाहाना अनुरूप निर्णय गर्ने र च्च स्तरीय नागरिक आयोग गठन गरेर २०४६ सालपछिका सबै उच्चपदस्थको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाही गर्ने रहेका छन् ।
प्रतिक्रिया