जसपा संसदीय दलको निर्वाचन आज, को छन् ल्याइनमा

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १३ ०६:४४ बजे
जसपा

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले आज संसदीय दलको  नेता छान्ने भएको छ ।  जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार आजका लागि संसदीय दलको निर्वाचनको कार्यतालिका तयार  पारिएको हो।

निर्वाचनका लागि मिथिलेसकुमार सिंहको संयोजकत्वमा जसपाले निर्वाचन समिति गठन गरिसकेको छ । समितिको सदस्यमा अर्जुन थापा र दिपेन्द्र झा  रहेका छन् । सो दलको संसदीय दलको नेताका लागि नेताहरु अशोककुमार राई र राजकिशोर यादवले इच्छा व्यक्त गरेका छन् ।

जसपाले आज दिउँसो ११ देखि १२ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्ने र साँझ २ः३० देखि ३ः३० सम्म मतदान गर्ने कार्यतालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ ।

२०७९ पुष १३ ०६:४४ बजे

प्रतिक्रिया