बर्नेमाउथमाथि चेल्सीको सहज जित

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १३ ०६:३६ बजे
चेल्सी

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज राति सम्पन्न खेलमा चेल्सीले बर्नेमाउथमाथि  सहज जित हात  पारेको छ । स्टामफोर्ड ब्रिज स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले बर्नेमाउथलाई २-० गोलअन्तरले हराएको हो।

खेलको १६ औं मिनेटमा काइ हाभर्ट्ज रहीम स्ट्रलिङको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। त्यस्तै २४ औं मिनेटमा हाभर्ट्जकै पासमा म्यासन माउन्टले गोल थपे। त्यसपछि दुबै टोलीले गोल थप्न नसक्दा चेल्सीले खेल २-० गोलअन्तरले जित्यो।जितसँगै चेल्सी १५ खेलबाट २४ अंक जोड्दै तालिकाको आठौँ स्थानमा छ भने बर्नेमाउथ १६ अंकसहित तालिकाको १४ औं स्थानमा रहेको छ । 

२०७९ पुष १३ ०६:३६ बजे

प्रतिक्रिया