४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २२ १४:१८ बजे
किशोर पक्राउ

. काठमाडौं ।  ४०  वर्षीया  महिलालाई  बलात्कार  गरेको आरोपमा एक जना १८ वर्षीया एक किशोलाई पक्राउ गरीएको छ । गुल्मीको मालिका गाउँपालिकामा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १८ वर्षका किशोरलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मालिका गाउँपालिका–७ सिलादी बस्ने १८ वर्षीय किशोर छन् । आरोपीलाई शनिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मालिका गाउँपालिका–६ राहले कुमाल पंधेराको जंगलमा शुक्रबार साँझ किशोरले जबरजस्ती करणी गरेको आरोप छ ।

बलात्कार भएको सूचना पाएपछि मर्भुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

२०७९ साउन २२ १४:१८ बजे

प्रतिक्रिया