सेयर बजारमा छायो हरियाली

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १२ १५:०७ बजे
सेयर बजार

काठमाडौं । सोमबार उच्च अंकले उकालो लागेको नेप्से आज मंगलबार पनि उच्च अंकले उकालो लागेको छ । नयाँ सरकार बने यता सेयर बजार परिसुचक नेप्से लगातार उच्च अंकले उकालो लागेको हो । नेप्से उकालो लागेसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । करोड बराबरको कारोबारमा मात्रै सिमित रहेको बजार दुई दिन यता लगातार अर्बमा माथी कारोबार भइरहेको छ । नेप्सेमा आज ३ अर्ब भन्दा बढी कारोबार भएको छ । 

 नयाँ सरकार र नयाँ अर्थमन्त्री आएसँगै लगानीकर्तामा पनि बजार बढेर जाने आशा पलाएको छ ।  आज बजार ५९.८७ अंकले उकालो लागेको छ । आज बजार ३.११ प्रतिशतले उकालो लागेको हो । आज बजार उच्च अंकले उकालो लाग्दा ३८८ करोड बराबरको कारोबार भएको छ । 

२०७९ पुष १२ १५:०७ बजे

प्रतिक्रिया