बझाङमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १२ १४:११ बजे
मृत्यु

ठमाडौं । बझाङ बझाङको छविसपाथीभेरा गाउँपालिका ५ थलारामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार सोमबार राति ८ बजे से २ त २३४३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा छबिसपाथीभेरा ५ का चालक मंगल धामी र सहचालक धनबहादुर ठगुन्नाको मृत्यु भएको हो । 

ट्याक्टरमा सवार दुवै जनाको घटनास्थलमै ज्यान गएको हो । ट्याक्टर झोलुङ्गे पुल निर्माण सामग्री ढुवानी गरिरहेको थियो । ट्याक्टर उकालो बाटोमा चढ्न नसकी पछाडि सरेर दुर्घटना भएको हो।

२०७९ पुष १२ १४:११ बजे

प्रतिक्रिया