क्याबिनेटभित्रै प्रतिपक्षको भूमिकामा हुन्छाै

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ११ १७:५७ बजे
गृहमन्त्री रवि लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूहरुले मन्त्रिपरिषदमा पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । सोमबार गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले  यस्तो बताएका हुन् । 

उनले भने ,'क्याबिनेटभित्र पनि प्रतिपक्षको आवश्यकता पर्छ । त्यहाँ भएका साथीहरुबाट पनि कहीँ कतै आम जनताको पीर मर्का नबुझ्ने अथवा कुनै गलत चिज हुन्छ कि भन्नका लागि त्यहाँ पनि प्रतिपक्षको भूमिका रहन्छ ।हाम्रो भूमिका त्यहाँभित्र पनि प्रतिपक्षको हुन्छ । हो, सरकारको काममा हो मा हो, हामीले गरेको कुरामा हो मा हो गर्ने होइन, क्याबिनेट मिनिस्टरले जे निर्णय गरे त्यसमा हो मो हो भन्न हामी सहभागी भएका होइनौं।'

२०७९ पुष ११ १७:५७ बजे

प्रतिक्रिया