माओ बिचारको रक्षा गर्न नेकपा मशाल प्रतिबद्ध छ -नेता शर्मा

bimbonline अर्जुन शर्मा
२०७९ पुष ११ १७:१९ बजे
मशाल

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (मशाल) का  नेता बिमल शर्माले माओ विचारको रक्षा गर्न र नेपालको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन वामपन्थी क्रान्तिकारी शक्ती बिच एकताको आबस्यकता रहेको बताएका छन ।

पौष ११ गते  १३०औ माओ जयन्तिको अवसरमा बुटवलमा  आयोजित कार्यक्रममा बोल्दै मशालका  नेता शर्मा यस्तो बताएका हुन।  उनले भने, ‘माओ विचारको रक्षा, प्रयोग र विकास गर्नेमा नेकपा मशाल  प्रतिबद्ध छौं  ।

शर्माले  एमाले माओबादी लगायतका संसदवादी पार्टीले  सच्चा कम्युनिष्ट आन्दोलनलाई तुहाउने र क्रान्तिकारी कम्युनिस्ट  पार्टीका कार्यकर्ताहरुलाई हतोत्साहित पार्ने काममा लागि परेको आरोप समेत लगाए ।

 नेकपा (मशाल)  सहित ३ राजनितिक दलको आयोजनामा भएको कार्यक्रममा बोल्दै  शर्माले एमाले, माओबादी, एकीकृत समाजवादी, जनमोर्चा लगायतका   पार्टीले कम्युनिष्टको नाममा जनतालाई धोका दिने काम गरेको  र त्यसको भण्डाफोर गर्न आवश्यक रहेकोमा जोड दिएका छ्न ।

मोहन बिक्रम सिंह सङ आफ्नो २९ बर्शे निकतता रहेको  र पार्टी भित्र बैचारीक  बहस शुरु भए पछि पार्टी बाट बिद्रोह गर्न बाध्य भएको  बताए । सिंहले दुर्गा पौडेलको नाममा ल्न्इ खोली साम्राज्यबादीको सेवा गरेको आरोप समेत लगाए।

नेकपा क्रान्तिकारी माओवादिका पोलिटव्युरो सदस्य प्रेम सुवेदी, माक्सबादी विचार मन्चका अध्यक्ष बिन बहादुर कुंवर, लगायतका नेताले सम्बोधन गरेका थिए। कार्यक्रम नेकपा मशाल जिल्ला समिती रुपन्देहीका प्रवक्ता दिपक पौडेलको सन्चालन गरेका हुन् ।  कार्यक्रम नेकपा क्रान्तिकारी माओवादीका  नेता लक्ष्मीकान्त पौडेलको  अध्यक्षतामा भएको थियो। 

२०७९ पुष ११ १७:१९ बजे

प्रतिक्रिया