नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ११ ११:१३ बजे
नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने भएको छ । माओवादी केन्द्रले श्रेष्ठलाई उपप्रधामन्त्री बनाउने निणर्य गरेको हो ।

पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव गठबन्धन बैठकमा लैजाने निर्णय गरेको हो ।

सत्ता गठबन्धनको बैठक अहिले केही बेरपछि बस्दै छ ।श्रेष्ठलाई कुन मन्त्रालय दिने भन्ने विषयको टुंगो गठबन्धन बैठकपछि हुने माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए ।

२०७९ पुष ११ ११:१३ बजे

प्रतिक्रिया