बालुवाटारबाट निस्किएलगतै माधव नेपालले बोलाए पदाधिकारी बैठक

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १० १४:५४ बजे
माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पदाधिकारी बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट निस्किएलगत्तै  उनले पदाधिकारी बैंठक बोलाएका हुन् । 

पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा उपलब्ध पदाधिकारिहरुको बैठक भर्खरै सुरु भएको एक केन्द्रीय सदस्यले बताए । बैठकमा नेपालसहित उपाध्यक्ष राजेन्द्र पाण्डे,महासचिव बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, किसान श्रेष्ठ, मेटमणि चौधरी, विजय पौडेल लगायत नेताहरू सहभागी  छन् ।

माओवादी केन्द्र गठबन्धन टुटेको भन्दै एमालेसँग संवाद अघि बढाएपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने जनाइएको छ । 

२०७९ पुष १० १४:५४ बजे

प्रतिक्रिया