अब हाम्रो हातमा केही बाँकी रहेन, अब गठबन्धन टुट्यो : रामचन्द्र पौडेल

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १० १३:५७ बजे
रामचन्द्र पौडेल

 काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन टुटेको बताएका छन् । आइतबार बालुवाटारमा भएको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकपश्चात् उनले गठबन्धन  नरहेको बताएका हुन् । 

नेता पौडेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेको  बताएका हुन् । 

 उनले भने ,“प्रचण्डले गठबन्धन तोडेर जानुभयो । गठबन्धन कायम राख्नुपर्थ्यो ,अब हाम्रो हातमा केही बाँकी रहेन । अब गठबन्धन टुट्यो, हामी छलफलमा बस्दैनौँ भनेर प्रचण्ड बाहिरिनुभयो ।”कांग्रेसको हातबाट सरकार बाहिर गएको उनको भनाइ रहेको छ । 

२०७९ पुष १० १३:५७ बजे

प्रतिक्रिया