माओवादीले थाल्यो सरकार निमार्णका लागि एमालेसँग संवाद

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १० १३:१९ बजे
एमालेसँग संवाद

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न  नमानेपछि  नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग संवाद थालेको छ ।वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेताले एमाले नेताहरुसँग संवाद सुरु गरेका छन् । ‘राष्ट्रपति र प्रधानमन्त्री दुबै नछाड्ने कांग्रेसको अडानपछि गठबन्धन संकटमा देखिएको  माओवादी केन्दले जनाएको छ । 

माओवादीका नेताहरुले एमालेका दोस्रो तहका नेताहरुसँग संवाद गरिरहेका छन् । उनीहरु प्रचण्डलाई प्रधानमन्त्री पद दिएर अन्य पद बाँडफाँट गर्ने गरी सहमति गर्न तयार देखिएका माओवादीले जनाएको छ । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर कांग्रेस नेता विमलेन्द्र निधिले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने देउवाको सन्देश सुनाएका थिए । उनले प्रच्ण्डलाई दोस्रो पालो्मा प्रधानमन्त्री पद लिन आग्रह गरेका थिए ।

२०७९ पुष १० १३:१९ बजे

प्रतिक्रिया