सत्ता गठबन्धन संकटतिर

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १० १३:०४ बजे
सत्ता गठबन्धन

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकमा जानुअघि आइतबार विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी पदाधिकारीहरुसँग छलफलमा रहेका वेला कांग्रेसका नेता बिमलेन्द्र निधि प्रचण्डलाई भेट्न आइपुगे । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको सन्देश लिएर आएका निधिलाई  भेटेपछि माओवादी केन्द्र अध्यक्ष प्रचण्डले गठबन्धन संकटमा रहेको बताएका छन् । 

निधिले प्रचण्डलाई दोस्रो कार्यमालको लागि त्यार हुन भनेका र राष्ट्रपति पनि माओवादीलाई नदिने शन्देश सुनाएका जनाइएको छ । 

कांग्रेसबाट यस्तो प्रस्ताव आएको भन्दै प्रचण्डले प्रतिपक्षमा बस्ने कि अरु विकल्पमा जाने भनेर नेताहरुलाई सोधेका माओवादी केन्द्रका  नेताले जनाएका छन् ।

बैठकमा केही नेताले प्रधानमन्त्री पदकै लागि गठबन्धन तोडेको सन्देश जानु राम्रो नहुने बताएका छन् । राष्ट्रपति र सभामुख पद लिएर भएपनि गठबन्धन जोगाउनुपर्ने माओवादी केन्द्रका नेताहरुको सुझाव रहेको छ ।  अहिले  बालुवाटारमा सत्तारुढ गठबन्धनका नेताहरु विच कुाराकानी भइरहेको छ ।

२०७९ पुष १० १३:०४ बजे

प्रतिक्रिया