सत्ता गठबन्धनकाे बैठक आज बस्दै

सरकार निमार्णको समयसीमा पनि आज सकिदै

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १० ०९:२१ बजे
सत्ता गठबन्धन

काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका दलहरूले सरकार निमार्णको समय सिमा सकिनै लाग्दा पनि सरकार कसले नेतृत्व गर्ने भने टुंगो लगाउन सकेका छैनन् । सरकारको नेतृत्व कसले गर्ने भन्ने तय गर्ने आज पनि सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । शनिबार बसेको बैठक बिनानिष्कर्ष सकिए  आज पनि बैठक बस्न लागेको हो । 

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक गठबन्धनभित्रका दलहरू मध्येबाट कसले पहिला सरकार बनाउने भन्ने विषयमा छलफल भए पनि निष्कर्षबिना आएन ।सत्तारुढ दलहरूमा आज  प्रधानमन्त्री को पहिला बन्ने भन्ने  टुंगो लगाइने छ । 

कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रबाट पुष्पकमल दाहाल पहिलो कार्यकालमै प्रधानमन्त्री बन्न चाहेका कारण भागबन्डा टुंगिन कठिन भएको हो । सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई आइतबार आज बेलुका ५ बजेसम्मको समय दिएकी छन् । 

२०७९ पुष १० ०९:२१ बजे

प्रतिक्रिया