केहि बेरमा सत्ता गठबन्धनको बैठक बस्दै

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ९ १५:५६ बजे
सत्ता गठबन्धन

काठमाडौं । आज ३ बजे बस्ने भनियकोसत्ता गठबन्धनको बैंठक ४ बजेलाई सारीएको छ । नयाँ सरकार गठन र शक्ति समीकरणबारे छलफल गर्ने गरी सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक आज ४ बजे बस्ने तयारी रहेको छ । गठबन्धन बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल हुने भएको छ ।  प्रचण्ड र प्रधानमन्त्री देउवाबीचको भेटपछि मात्रै गठबन्धनको बैठक  बस्ने भएको छ ।  

यसअघि आजै बिहान कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष प्रचण्डलाई उनको निवास खुमलटारमा भेटेका थिए । 

२०७९ पुष ९ १५:५६ बजे

प्रतिक्रिया