देश मध्यावधि चुनावतिर जाने देखियो: केपी ओली

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ९ १५:३० बजे
केपी ओली

काठमाडौ‌ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले देश मध्यावधि चुनावतर्फ जाने  बताएका  छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरूलाई लक्षित गर्दै उनले सरकार गठनमा देखिएको अन्योलताले अब फेरि घुमीफिरी मध्यावधि चुनावतर्फ  आउने बताएका हुन् ।  शनिबार नेकपा एमाले प्यूठान-काठमाडौं सम्पर्क मञ्चको एक कार्यक्रममा नेता ओलीले यस्तो  बताएका हुन् । 

उनले एमाले बाहेकका दलहरूको कुनै गन्तव्य  नरहेको जिकिर समेत गरेका छन् ।  उनले भने ,'एमाले बाहेकका दलहरूको कुनै गन्तव्य छैन । उनीहरूको गन्तव्य सरकारमा जाने र मन्त्री खाने मात्रै रहेको छ । नेकपा एमाले मात्रै स्पष्ट गन्तव्य भएको दल हो । हाम्रो दलगत स्वार्थ छैन । हाम्रो राष्ट्रिय स्वार्थ छ । '

 उनले चुनावपछिको अवस्थामा अब एमाले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर संगठन विस्तार गर्दै जनतामाझ जाने योजना रहेको  बताए । साथै एमालेका नेताहरू अब जनता र कार्यकर्ता माझ जानुपर्ने पनि उनको भनाइ  रहेकोे हो । 

२०७९ पुष ९ १५:३० बजे

प्रतिक्रिया