कांग्रेसले सांसदहरूलाई किन बोलायो बालुवाटार?

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ९ ११:५८ बजे
कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरू आज बालुवाटारमा भेला हुने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवासमा सांसदहरू मध्यान्ह १२ः३० मा भेला हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताएका छन् । 

समयसामयिक राजनीतिक समीक्षा एवं गठबन्धनमा रहेका अन्य दलसँग ुपावर शेयरिङु गर्ने विषयमा सांसदहरूसित छलफल गर्न  लागिएको जनाइएको छ । 

राष्ट्रपतिले नयाँ सरकार बनाउन दिएको समयसीमा सकिनैलाग्दा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू तीव्र छलफलमा छन् । भोलि अपरान्ह ५ बजे राष्ट्रपतिले दिएको समयसीमा सकिँदै छ । 

२०७९ पुष ९ ११:५८ बजे

प्रतिक्रिया