कांग्रेसले थाल्यो हस्ताक्षर संकलन

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ९ ११:४९ बजे
हस्ताक्षर संकलन

काठमाडौं । नेपाली कांग्रेसले सरकार गठनका लागि हस्ताक्षर संकलन  कार्य सुरु गरेको छ ।  शुक्रबारदेखि नै कांग्रेसले हस्ताक्षर संकलन गर्न थालेको हो । सांसदहरूको ‍औपचारिक बैठक भने आज मध्याह्न साढे १२ बजेपछि बालुवाटारमा  बस्ने गरी बोलाइएको छ ।  केहि सांसदहरुले हिजोनै हस्ताक्षर गरेका र केहि सांसदहरुले आज हस्ताक्षर गर्ने  जनाइएको छ । 

कागजमा विषय उल्लेख नगरिए पनि प्रधानमन्त्रीका लागि सांसदको संख्या पुगेको देखाउन हस्ताक्षर गराएको हुनसक्ने जनाइएको छ । विषय उल्लेख नभएकोले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने हस्ताक्षर गरेका छैनन् ।

२०७९ पुष ९ ११:४९ बजे

प्रतिक्रिया