सर्लाहीमा घुर ताप्ने क्रममा आगोमा जलेर एक महिलाको मृत्यु

bimbonline प्रयास
२०७९ पुष ८ १२:०० बजे
मृत्यु

सर्लाही । सर्लाहीमा घुर ताप्ने क्रममा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका ३ बस्ने टिकाराम रखालकी ५५ वर्षीया श्रीमती गोरीमाया रखाल रहेकी छन् ।

स्थानीय तुलसी हुमागाईले संचालन गरेको चिरान मिलमा उनका पति टिकाराम कुरुवाको काम गर्ने गर्छन् । सोही चिरानमलिमा बुधबार साँझ साढे ७ बजेको समयमा आगो तापिरहेकी गोरीमायाको जिउमा आगो लागेको थियो ।आगो लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय यादवले जानकारी दिए । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

२०७९ पुष ८ १२:०० बजे

प्रतिक्रिया