एक हजार ५ सय रुपैयाँले घट्यो सुनको मुल्य

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ८ ११:४२ बजे
सुनको मुल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य ओरालो लागेको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अुसार आज नेपाली बजारमा  सुनको मुल्य एक हजार दुई सय रुपैयाँले ओरालो लागेको हो । हिजो सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख तीन सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय रुपैयाँ रहेको छ ।                  

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३९० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।            

२०७९ पुष ८ ११:४२ बजे

प्रतिक्रिया