देश छोडेर जाने खेलाडीको दोष छैन : अल्मुताइरी

देश छोडेर जाने खेलाडीको दोष छैन : अल्मुताइरी

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २१ १३:३० बजे
अल्मुताइरी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले  खेलाडिहरुले  देश छोडेर जानुमा उनिहरुको कुनै गल्ती नभएको बताएका छन् ।शनिबार उनले सामाजिक सञ्जालमार्फत आफ्नो भविष्य राम्रो बनाउन खेलाडी विदेश पलायन हुनुमा उनीहरुको दोष नभएको भन्दै सरकारले नै केही गरिदिन आग्रह गरेका हुन् । उनले नेपाली खेलकुदको भविष्य जोगाउन सरकारलाई आग्रह  समेत गरेका छन् ।

उनले नेपाली खेलकुदको भविष्य जोगाउनको लागि तुरुन्तै ५ देखि ७ जनासम्मको टोली  बनाउन खेलकुदमन्त्री, खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र महासंघलाई अपिल गरे ।

‘ म आफ्नो भविष्य राम्रो बनाउन नेपाल छोडेर विदेश गएका खेलाडीलाई दोष दिन्न । म नेपाल सरकारसँग नेपाली खेलकुदको भविष्य बचाउन विनम्र अनुरोध गदर्छु । यस्तै, खेलकुद मन्त्रालय, खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटि र विभिन्न संघका पाँचदेखि सात जानाको एउटा टिम बनाई नेपालको समग्र खेलक्षेत्रको विकासका निमित्त यथासिघ लागि पर्न अनुरोध गर्दछु,’ । उनले लेखेका छन् ।

पछिल्लो समय नेपाली राष्ट्रिय खेलाडीहरु आफ्नो सुरक्षित भविष्यको खोजीमा विदेश पलायन हुने संख्या बढ्दो छ । पछिल्लो तीन महिनमा फुटबलका १० भन्दा बढी खेलाडी विदेशिएका छन् ।समयमा लिग हुने  निश्चित भएका प्रतियोगिताहरु सञ्चालन हुन नदिनुले खेलाडीको भविष्य अन्योल बनेसँगै उनीहरु विदेशिन बाध्य बनेका छन् ।

२०७९ साउन २१ १३:३० बजे

प्रतिक्रिया