सेयर बजार स्थीर

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ७ १५:३१ बजे
सेयर बजार

काठमाडौं । सेयर बजार परिसुचक नेप्से साताको अन्तिम कारोबार दिन आज(विहिबार) समान्य अंकले ओरालो लागेको छ । नेप्से आज ०.०१ अंकले  ओरालो लागेको हो।  आज नेप्स्े ओरालो लागेसँगै  १८ सय ६७  विन्दुमा पुगेको छ । 

आज १ अर्ब ११ करोड ९७ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजार सामान्य अंकले घट्दा ७६ वटा कम्पनीको सेयर बढेको छ भने १२४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर छ ।

बजारमा सामान्य अंकको गिरावट आउँदा सृजनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत बढेको छ ।  धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । 

यस्तै, आज आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरैले घटेको छ । यो कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ७.७० प्रतिशतले  ओरालो लागेको हो। यसैगरी, बलेफी हाइड्रोपावरको सेयर मूल्य साढे ५ प्रतिशतले घटेको छ ।

२०७९ पुष ७ १५:३१ बजे

प्रतिक्रिया