एकै ठाउमा देखिए ओली र प्रचण्ड

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ७ १५:१३ बजे
ओली र प्रचण्ड

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण सकिएलगत्तै संघीय संसदमा जलपान समारोह भएको छ । संसदका जेष्ठ सदस्य पशुअप्ति शमशेर जबराले शपथ गराएपछि नवनिर्वाचित सांसदहरुलाई जलपान गराएका हुन् ।

यसबीच जलपान समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकै ठाउमा बसेको दृश्य देखिएको छ ।

मंगलबार राष्ट्रपति कार्यालयमा पनि संसदको जेष्ठ सदस्यको शपथ गराउने कार्यक्रममा पनि सँगै रहेका ओली र प्रचण्ड लगातार दोस्रो दिन सँगै देखिनुलाई राजनीतिकमा अर्थपूर्ण चरिकाले हेरीएको छ । 

एमाले माओवादी केन्द्रका  केहि नेताहरु निरन्तर वाम एकताको प्रयासमा जुटिरहेको वेलामा यसरी दुई अध्यक्ष एक ठाउमा बसेका तस्वीरले राजनीतिमा केहि न केहि अर्थ राख्छ ।

निर्वाचन अघि सम्म बोलचाल पनि नभएका यी दुई नेताहरु विच निर्वाचन पछि भने केहि सहजाता देखीएको छ । निर्वाचनको केहि दिन पछि मात्रै एमालेका अध्यक्ष ओलीले प्रचण्डलाई फोन गरेर सँगै जान आग्रह गरेका थिए । 

२०७९ पुष ७ १५:१३ बजे

प्रतिक्रिया