छाती दुख्ने समस्याको उपचार गाराई रहेका माधव नेपाल शपथ लिन संसदमा, फेरि अस्पताल जाने

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ७ १३:२० बजे
माधव नेपाल

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधि सभाको शपथ लिन संघिय संसद भवन बानेश्वर आईपुगेका छन् । उनि शपथ लिए लगत्तै त्रिवि शिक्षण अस्पताल जाने भएका छन् । 

 नेपाल उपचारको क्रममा अझै केहि दिन अस्पतालमानै बस्ने उनका सहयोगी नितेश पौडेलका  जानकारी दिएका छन् ।  छाती दुख्ने समस्या देखिएपछि अस्पताल भर्ना भएका नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल हिजो शिक्षण अस्पताल पुगेका थिए । हिजो अस्पतालमा केहि राजनीतिक विषयमा पनि कुराकानी भएको जनाइएको थियो । 

२०७९ पुष ७ १३:२० बजे

प्रतिक्रिया