बिहीबार दिउँसो २ बजेभित्र सीसीटीभी फुटेज उपलब्ध गराउन संसदीय समितिको निर्देशन

बिहीबार दिउँसो २ बजेभित्र सीसीटीभी फुटेज उपलब्ध गराउन संसदीय समितिको निर्देशन

bimbonline बिम्ब अनलाइन
२०७९ असार २८ २१:१० बजे
janardhan sharma

काठमाडौं। संसदीय छानविन विशेष समितिले दुई दिनभित्र अर्थ मन्त्रालयका सीसीटीभी फुटेज र बजेट निर्माण प्रक्रियाका कागजात उपलब्ध गराउन निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले सीसीटीभी फुटेज र बजेट प्रक्रियाका कागजात झिकाउने निणर्य गरेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारि दिए। समितिले आजबाट मन्त्री शर्मामाथिको छानविन शुरु गरेको हो । यद्यपी समितिको सभापति चयनमा भने सहमति हुन सकेन ।

बुधबार पुनः बैठक बसेर सभापति चयनमा सर्वसम्मति खोजिने एक सदस्यले बताएका छन् । सभपतीमा सत्ता र प्रतिपक्षले आ-आफ्ना अडान कायम राखेकाले सभापति चयन हुन नसकेको हो । अर्थमन्त्रीमाथि प्रश्न उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले एमालेका ४, कांग्रेस र माओवादीका २र२, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनता समाजवादी पार्टीका १र१ सांसद रहेको समिति गठन गरेका थिए।

आगामी आर्थिक वर्षको बजेट संसद्मा सार्वजनिक गर्ने अघिल्लो राति गत जेठ १४ गते बिचौलिया र व्यापारीका प्रतिनिधिलाई अनधिकृत प्रवेश दिएर करका दर हेरफेर गरेको आरोप तत्कालीन अर्थमन्त्री शर्मा माथि लागेको छ ।

आफूमाथि छानबिन समिति गठन भएकै दिन शर्माले संसद्मा सम्बोधन गर्दै पदबाट राजीनामा घोषणा गरिसक्नुभएको छ । उहाँमाथि मध्यरात विचौलियालाई मन्त्रालय प्रवेश गराएको प्रमाणको रुपमा रहेको सीसीटीभी फुटेज मेटाएको आरोप छ ।

छानबिन समितिलाई सीसीटीभी फुटेजको प्रमाण र बजेट निर्माण प्रक्रियाको समग्र अध्ययन गरी १० दिनभित्र रायसहितको प्रतिवेदन पेस गर्न संसद्ले कार्यादेश दिएको छ ।

२०७९ असार २८ २१:१० बजे

प्रतिक्रिया