अर्जेन्टिनाकाे आफ्नो नोटमा विश्व विजेता कप्तान लियोनेल मेस्सीको फोटो राख्ने तयारी

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ७ १२:५२ बजे
अर्जेन्टिना

काठमाडौं । अर्जेन्टिनाले आफुनो नोटमा विश्व विजेता कप्तान लियोनेल मेस्सीको फोटो राख्ने तयारी थालेको छ ।  एल फाइनासिएरो पत्रिका अनुसार दक्षिण अमेरिकी राष्ट्रको वित्तीय नियामक निकायले राष्ट्रका नायकको तस्बिर राखेर नयाँ नोट छाप्ने तयारी थालेको जनाएको छ । 

सन् १९७८ मा अर्जेन्टिनाले पहिलोपटक विश्वकप जित्दा अर्जेन्टिनाको केन्द्रीय बैंकले त्यस जीतलाई दर्साउने सिक्का जारी  गरेका इतिहास पनिजिवीतै रहेको छ । । पत्रिकाका अनुसार मेस्सीले नम्बर १० को जर्सी लगाउने हुँदा १ हजार पेसोमा उनको तस्बिर राख्ने तयारी थालेको जनाइएको छ । 

कतारमा आयोजित विश्वकपमा अर्जेन्टिनाले फाइनलमा पेनाल्टी सुटआउटमा फ्रान्सलाई  पारजित गरेको हो। फाइनलमा मेस्सीले दुई गोल गरेका थिए भने पेनाल्टी सुटआउट पनि गोल गरेका थिए । अर्जेन्टिनाले जितेको उपलक्षमा लाखौं मानिस मेस्सीको स्वागत र सम्मानका लागि सडकमा आएका थिए । 

२०७९ पुष ७ १२:५२ बजे

प्रतिक्रिया