राखेपले दुई तेक्वान्दो सङ्घ खारेज गरेपछि बढ्यो विवाद

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ७ ०७:३४ बजे
राखेप

काठमाडौं ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दुई तेक्वान्दो सङ्घलाई खारेज गरी नयाँ सङ्घ गठन गरेपछि विवाद भएको छ ।

राखेपले गत मङ्गलवार तेक्वान्दो, उसु र शारीरिक सुगठन सङ्घ पुनर्गठन गरेको थियो । राखेपले पुनर्गठित नेपाल तेक्वान्दो सङ्घको अध्यक्षमा सङ्घका पूर्व उपाध्यक्ष प्रदीप जोशीलाई संयोजक र अखिल नेपाल फुटबल सङ्घ एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई महासचिवको जिम्मेवारी दिएको छ । यसअघि दुई तेक्वान्दो सङ्घ  रहेका थिए। खारेज गरिएको सङ्घका अध्यक्ष प्रकाश शम्शेर राणा नेतृत्वको पदाधिकारीले तेक्वान्दो भवन छाड्न अस्वीकार गरेपछि विवाद भएको हो । 

राणा नेतृत्वको सङ्घले राखेपको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने  बताएको छ ।  राखेपले पुनर्गठित उसु सङ्घको अध्यक्षमा जनक बर्तौला र महासचिवको जिम्मेवारी नवराज ढुंगानालाई दिएको छ । 

२०७९ पुष ७ ०७:३४ बजे

प्रतिक्रिया