प्रधानमन्त्रीकै कारण कुर्सि चिप्लीने डर

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ७ ०७:२२ बजे
प्रधानमन्त्री

काठमाडौं ।  नेपाली कांग्रेसको हिजो भएको संसदिय दलको निर्वाचनबाट पार्टी सभापती शेर बहादुर देउवा निर्वाचीत भएका छन् । देउवासँग महामन्त्री गगन थापा निर्वाचनमा हुमियका थिए । उनले संस्थापनइतरका गगन थापालाई ३९ मतान्तरले पराजित गर्दै छैटौंपटक प्रधानमन्त्री बन्ने बाटो खुलाएका हुन् । आफुनो पार्टीबाट प्रधानमन्त्री बन्नका लागि सहज भएपनि देउवालाई  सत्तामा रहेको अर्को पार्टी नेकपा माओवादी केन्द्रको भने ठुलो डर नै रहेको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड भने आफु जसरी पनि पहिलो प्रधामन्त्री बन्ने दाउमा रहेका छन्। भने , त्यस्तै दाउमा देउवा पनि रहेका छन् । बुधबार अर्थमन्त्रीसमेत रहेका पार्टीका उपमहासचिव जनार्दन शर्मा प्रचण्डका दूत बनेर बालुवाटार पुगेका थिए। यही गठबन्धनलाई जोगाउँदै नयाँ सरकार बनाउनुपर्ने अर्थमन्त्री शर्माले प्रधानमन्त्री देउवालाई सुझाएका थिए। तर त्यसका लागि प्रचण्डलाई पहिले सरकारको नेतृत्व दिनुपर्ने उनको आग्रह थियो।

यता माओवादी केन्द्रले पनि जताबाट भए पनि आफु प्रधामन्त्री बन्नका लागि सत्ता बाहिर रहेको नेकपा एमालेसँग पनि तालमेलको प्रयास गरिरहेको  छ । सत्तामा रहेको नेपाली कांग्रेसले सरकार निमार्णमा मनोमानी गरे आफुहरुले सत्तामा रहिरहनुको औचित्य नरहेको माओवादी केन्द्रका केहि नेताहरुको भनाई रहेको छ । 

माओवादी केन्द्रले भने आज आफ्नो पार्टीबाट संसदिय  दलको नेता चुन्ने भएको छ । माओवादी केन्द्रबाट संसदिय दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नै चयन हुने देखिएका छन् । माओवादी केन्द्रले संसदिय दलको नेता छाने लगत्तै सरकार निमार्णको प्रक्रियाले औपचारीकता पाउने भएको छ । 

२०७९ पुष ७ ०७:२२ बजे

प्रतिक्रिया