अब सबैले आमनिर्वाचन मुखी भएर जानुपर्छ : नेता पौडेल

अब सबैले आमनिर्वाचन मुखी भएर जानुपर्छ : पौडेल

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २१ १३:१५ बजे
नेता-पौडेल

 काठमाडौं ।   प्रमुख सत्तारुढ दल नेपाली कंग्रेसका नेता प्रदीप पौडेलले अब सबै आम निर्वाचनमा आफुहरुको ध्यान लगाउनुपर्ने  बताएका छन् । उनले चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचत घोषणा गरेकाले सबैलाई त्यसमा केन्द्रित रहन  आवश्यक रहेको औंल्याएका छन् । 

नेता पौडेलले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई कसरी बलियो बनाउने भन्ने बिषयमा सोच्ने समय आएको पनि बताए । उनले टिकट वितरणदेखि उम्मेदवारलाई विजयी गराउनेसम्मको रोडम्याप अहिलेदेखि नै बनाउनु  पर्ने  अपरीहार्य  रहेको बताएका छन् । 

देशलाई स्थिर सरकार दिनका लागि पनि पार्टीका पदाधिकारीहरु जिम्मेवार भएर प्रस्तुत हुनु पर्ने उनको भनाइ थियो।

साथैं उनले कांग्रेसका भातृ संस्थाहरूले साउनभित्रै पूर्णता पाउने पौडेलले बताए। उनले निर्वाचनपछि भातृ संस्थाहरुको अधिवेशन हुने पनि बताए।

 

२०७९ साउन २१ १३:१५ बजे

प्रतिक्रिया